• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१४ वैशाख, काठमाडौं । अखिल नेपाल टेबल टेनिस संघको निर्वाचनका लागि अझै केही समय लाग्ने भएको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद्‌मा बसेको बैठकले पनि चुनाव गराउने वातावरण निर्माण गर्न नसकेको राखेपका संघसंस्था समन्वय शाखा प्रमुख चन्द्र राईले बताए ।

‘यस तदर्थ समितिको म्याद ९ महिना लामो हुँदा पनि निर्वाचन गराउन नसकेपछि हामी अब अर्को तदर्थ समिति बनाउने तयारीमा छौं,’ उनले अनलाइनखबरसँग भने ।

यसअघि राखेपले वार्ताका लागि बोलाउँदा उपस्थित नभएका संयोजक चतुरानन्द वैद्य यस पटक भने उपस्थित थिए ।

राखेप, चतुरानन्द वैद्य, सुदील शाही र वीजेन्द्र हमाल पक्षसहित बसेको बैठक पुनः आइतबार बस्ने गरी स्थगित भएको छ । बैठकमा तदर्थ समितिका सहसंयोजक रहेका वीजेन्द्र हमाल भने बीच बैठकबाटै उपस्थितिमा समेत हस्ताक्षर नगरी बाहिरिएका थिए ।

शुक्रबार बसेको बैठकमा तदर्थ समितिका संयोजक चतुरानन्द वैद्य र वरिष्ठ सहसंयोजक सुदील शाही नयाँ तदर्थ समिति बनाएर चुनावी प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने पक्षमा थिए ।

वीजेन्द्र हमालले पुरानै तदर्थ समितिलाई निरन्तरता दिनुपर्छ भन्ने मत राखेका थिए । कुरा नमिलेपछि उनी बैठक छोडेर हिंडेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)